२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र डटकम डट एनपी नामको वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरूसहित २२ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २२ जनालाई प्रतिवादी कायम गरिएको छ ।
प्रतिवादी कायम गरिएकाहरूमा दिवाकर देउजा, भरत धामी, सोली थुक्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवा कन्स्ट्रक्सनका सञ्चालक सागर कटुवाल, भाष्करराज अर्याल, गीताञ्जली कन्स्ट्रक्सन दुवही प्रालिका जीवनकुमार दास, शिभांस निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सन प्रालिका टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका अमृत बोहरालाई प्रतिवादी कायम गरिएको छ ।
इनकोन प्रालिका सञ्चालक स्वदेश पोखरेल, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुङ्गाना, आशिष निर्माण सेवाका ऋषिकेश गौली, केबिके कन्स्ट्रक्सन प्रालिका सञ्चालक राहुलजङ्ग कार्की, मान कन्स्ट्रक्सनका नारायण प्रसाद खिटिखु, रमिता इन्फ्रास्ट्रक्चर प्रालिका इन्द्रबहादुर बोहरा, एसके कस्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, दक्षिणकाली अल ओभर कन्ट्याक्टका निरन्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माण सेवामा कार्यरत ज्योति सुवेदी, चपुर र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिक कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुजन अधिकारीलाई प्रतिवादी कायम गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij