Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

सरकारले गरिव नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

सरकारले गरिव नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल


  • 715
    Shares

    सरकारले गरिव नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । 

    संयोजक दाहालले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरुले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताका छन्। उनले कम्युनिष्टहरुबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताएका छन्। 

    संयोजक दाहालले भने, ‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ । सबभन्दा गरिव, जसको हामी वर्गं आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्गं आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरुलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरु लागेका छन् । त्यसकारण हामीले वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरुबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।’

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १५:३८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij