Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जीवनी होइन, इतिहास लेख्न आएको हुँ: रवि लामिछाने

जीवनी होइन, इतिहास लेख्न आएको हुँ: रवि लामिछाने


  • 932
    Shares

    जीवनी होइन, इतिहास लेख्न आएको हुँ: रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिमा जीवनी लेख्न नभई इतिहास लेख्न होमिएको बताएका छन् । 

    पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले आफू मन्त्री र प्रधानमन्त्री बन्न मात्र नभएर इतिहास लेख्न आएको बताएका हुन्। 

    ‘कसैलाई लाग्ला, पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यमा लागेर हिँडेको भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो’, सभापति लामिछानेले भने, ‘म जीवनी लेख्न हिँडेको होइन, इन्ट्रेस्ट पनि छैन, बरु इतिहास लेख्न हिँडेको हो ।’

    रास्वपाले निर्वाचनमा पाएको मत इतिहास लेख्ने अध्यायको सुरुवात भएको भन्दै उनले पुराना राजनीतिक दलहरूको तुलनामा रास्वपा सजिलो सङ्घर्षबाट उदाएको बताएका छन्। 

    सभापति लामिछानेले अब पाँच वर्ष पार्टीले काम गर्नुपर्ने बताएका छन् । उनले कतिपय पार्टीका साथीहरूले योगदानको मूल्य माग्न ढोका ढकढक्याउने गरेको भन्दै अहिले नै आफ्नै पनि योगदानको मूल्य माग्ने बेला नभएको बताएका छन् ।  

     

    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १६:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij