२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ४ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१\८२ को यही अवधिसम्म कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको बीमा कोषमा ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ रहेको छ। बीमा कोषको आकार ७५.७० रुपैयाँले बढेको छ। चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब ८५ करोड १८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ रिटेन्ड अर्निङमा ५९ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड १७ लाख रुपैयाँ रहेको छ।
कम्पनीले १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले बढेको छ। कम्पनीले २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ४.६९ प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ०.०२ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १८२.७२ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij