Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपालबाट कम्युनिष्ट आन्दोलन सखाप पार्न देशी-विदेशी शक्ति सक्रिय छन्: प्रचण्ड

नेपालबाट कम्युनिष्ट आन्दोलन सखाप पार्न देशी-विदेशी शक्ति सक्रिय छन्: प्रचण्ड


  • 981
    Shares

    नेपालबाट कम्युनिष्ट आन्दोलन सखाप पार्न देशी-विदेशी शक्ति सक्रिय छन्: प्रचण्ड
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु ठूलो डिजाइन अन्तर्गत लागि परेको बताएका छन् । 

    २६ औं निर्मल लामा स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित  एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । संयोजक दाहालले सो तथ्यलाई स्वीकार गरेर अघि बढने आँट नेपालको कम्युनिष्ट आन्दोलनले नगरे श्रमजीवि जनताप्रति ठूलो घात गरेको ठहर्ने पनि बताएका छन् । उनले नेपालका कम्युनिष्ट पार्टीहरुले आफै भित्र पहिला  समिक्षा गरेर सच्याउने र सिगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरी नयाँ ढंगले आन्दोलनमा जानुको विकल्प नरहेको दाबी समेत गरेका छन्। 

    उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाईन अन्तर्गत लागि परेका छन् । यो सत्यलाई स्विकार गर्न हामीले आँट गरेनौं भने जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति, उनीहरुको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ । त्यसकारण अहिले समय र परिस्थितिको माग छ–हामीेले पहिले आफैलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयो ? त्यसको समिक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ ।’

    संयोजक दाहालले नेपाली जनताले सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध भएर अघि बढेको हेर्न चाहेको पनि बताएका छन्। 

    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १५:५३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij