२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ । कार्यलयले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सिसिटिभी निगरानीमार्फत कारबाही गर्नेगरि तयारी गरेको हो ।
परीक्षण स्वरुप कार्यलयले काठमाडौको थापाथली क्षेत्रमा ‘फेसलेस ट्राफिक म्यानेजमेण्ट सिस्टम’ लागू गरिसकेको कार्यलयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । कार्यलयले आईतवार आयोजना गरेको समिक्षात्मक कार्यक्रममा उनले सार्वजानिक विदाको दिन थापाथली क्षेत्रमा हाल सिसिटिभी निगरानीमार्फत नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने गरिएको बताएका छन् ।
उनका अनुसार ट्राफिक नियम उल्लंघन, मापसे, तिब्र गति र लेन अनुशासनविरुद्ध कार्यलयले कडा कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले लेन अनुशासन, ट्राफिक लाइट पालना, ‘ड्रिङ्क एण्ड ड्राइभ’ र ‘ड्रग्स एण्ड ड्राइभ’ नियन्त्रणलाई प्राथमिकतामा राखेको उनले बताएका छन् । ओभरस्पिड नियन्त्रण र सडक सुरक्षालाई केन्द्रमा राखेर काठमाडौंको ट्राफिक जामलाई व्यवस्थित गर्न ‘डेस्टिनेसन क्लियर’ प्रणाली लागू गरेको उहाँले जानकारी दिएका छन । उनकाअनसार सार्वजानिक यातयातलाई मर्यादित बनाउन सवारीसाधनमा सिसिटिभी, ड्यास क्यामेरा र जीपीएस अनिवार्य गरिएको छ ।
ती उपकरण नराख्ने सवारीलाई सञ्चालन गर्न रोक लगाउने उनले बताएका छन । राइड शेयर सेवामा प्रयोग हुने मोटरसाइकलमा समेत एसओएस बटन र क्यामेरा अनिवार्य बनाउन लागिएको उनले जानकारी दिएका छन । ट्राफिक प्रहरीले लापरवाहीपूर्वक सवारी चलाउने ३१ चालकको लाइसेन्स ६ महिनाको लागि निलम्वन गरेको छ ।
लाइसेन्स निलम्वनका लागि यातायात व्यवस्था कार्यालयले निलम्वन गरिसकेको उनले जानकारी दिएका छन । पटक-पटक नियम उल्लंघन गर्नेलाई सजग गराउन निलम्वन गरिएको उनले बताएका छन। उनले एकीकृत बसपार्क प्रणाली लागू गरि बसपार्कबाट मात्रै लामो दूरी र मझौला दूरीका सवारी साधनहरू छुट्ने व्यवस्था गरिएको पनि जानकारी दिएका छन । जेनजी आन्दोलनमा क्षति पुगेको विभिन्न ३७ वटा ट्राफिक प्रहरी कार्यालयहरूलाई मर्मत गर्दै ट्राफिक व्यवस्थापनलाई अझ सशक्त रूपमा अगाडि बढाएको उनको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij