Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

नेपाली गुन्द्रुक, कोदो र भटमासमा अस्ट्रेलियाको प्रतिबन्ध

नेपाली गुन्द्रुक, कोदो र भटमासमा अस्ट्रेलियाको प्रतिबन्ध


  • 764
    Shares

    नेपाली गुन्द्रुक, कोदो र भटमासमा अस्ट्रेलियाको प्रतिबन्ध

    काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास, फापर, मकै लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ । नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रियामा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ) ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो ।

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ । अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार गरिन्छ, सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ ।

    नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाली सामग्रीहरू भारतको कोलकाता पठाएर त्यहाँ उपचार गरी नेपालबाटै प्रमाणपत्र जारी गरेर पठाइने गरिएको थियो । अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसनले आधिकारिक इमेल पठाउँदै नेपालको प्रमाणपत्रमा विश्वास गर्न नसकिने जनाएको छ ।

    अस्ट्रेलियाले हाल नेपाललाई दुई वटा विकल्प दिएको छ । पहिलो, नेपालले आफ्नै भूमिमा अस्ट्रेलियाले तोकेको मापदण्ड र मेसिन प्रयोग गरेर सामानको उपचार गर्नुपर्ने छ ।

    दोस्रो, यदि तेस्रो मुलुक (भारत) मा उपचार गराउने हो भने भारतीय सरकारी निकायले नै त्यसको शतप्रतिशत जिम्मेवारी लिएर रि-एक्स्पोर्ट फाइटोस्यानिटरी सर्टिफिकेट जारी गर्नुपर्ने छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १४:३३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij