२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । काठमाडौंको बबरमहलबाट हराएको ३५ लाख मूल्य पर्ने मोटरसाइकल दुई हप्तामा ट्राफिक प्रहरीले भेट्टाइदिएको छ ।
अप्रिला कम्पनीको बा.७७ प ८८४८ नम्बरको मोटरसाइकल दुई साताअघि बबरमहलबाट हराएको थियो । आफ्नो सवारी हराएकोबारे मोटरसाइकल धनी अलिङ्क लामिछानेले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सूचना दिएका थिए ।
खोजतलास गर्दा कालोपुलमा सो मोटरसाइकल भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक कार्यक्रमको बिचमा सो मोटरसाइकल सहित पछिल्लो समय भेटिएको ६५ वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
ट्राफिकको चोरी नियन्त्रण गर्ने टिमले विभिन्न समयमा हराएका ३ जना प्रहरी कर्मचारीको मोटरसाइकल पनि भेट्टाइदिएको छ । दुई जना सशस्त्र प्रहरी र एकजना नेपाल प्रहरीका नायव निरीक्षकको मोटरसाइकल भेट्टाएर धनीलाई हस्तान्तरण गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij