Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

चोरी भएका ७३ वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता

चोरी भएका ७३ वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता


  • 330
    Shares

    चोरी भएका ७३  वटा दुईपांग्रे सवारी साधन धनीलाई फिर्ता

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आईतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

    कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताएका छन् । उनका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको बताएका छन् । 

    कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताएका छन्। 

    उनले भने, ‘वैशाख महिनामा हामीले ८ वटा बाइकहरु पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौँ भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरु सवारी धनीलाई जिम्मा लगाएका छौँ । बाइकमा जिपिएस जडान ग¥यौं, सही ठाउँमा पार्किङ ग¥यौँ भने चोरी हुन सक्दैन । बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन ।’

    उनले सवारी चोरी हुनबाट बच्न जिपिएस जडान गर्न तथा सही ठाउँमा पार्किङ गर्न समेत सबैलाई आग्रह गरेका छन् ।  

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १३:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij