२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य तोकिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाका लागि दुई सय र एक सय रुपैयाँ मूल्य तोकेको हो।
क्यानले नेपालको खेलका लागि दुई सय र अन्य खेलका लागि एक सय रुपैयाँ मूल्य तय गरेको छ। यसअघि ओमान र यूएईसँगको शृंखलामा महंगो टिकट मूल्यकै कारण दर्शक खेल हेर्न नआएपछि क्यानले मूल्य घटाएको छ।
अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ। इशान पाण्डेलाई समेट्दै टोली घोषणा भएको छ। नेपालले मंगलबारदेखि घरेलु मैदानमा त्रिकोणात्मक शृंखला खेल्दै छ। पहिलो खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीस् रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन याद, अर्जुन कुमाल र करण केसी।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij