Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जना पक्राउ

बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जना पक्राउ


  • 855
    Shares

    बागलुङ बसपार्कमा ग्याङ फाइट गर्ने ६ जना पक्राउ
    images

    काठमाडौं । बागलुङ बसपार्कमा गत वैशाख २२ गते राति भएको ग्याङ फाइटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले खोजतलासका क्रममा वैशाख २६ गते पोखराका विभिन्न स्थानबाट एक महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

    सामाजिक सञ्जालमा उक्त झै(झगडाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरको टोलीले अनुसन्धान सुरु गरेको थियो।

    पक्राउ पर्नेहरूमा २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, ३० वर्षीय ‘दिपेश’ भनिने दिलेराम गुरुङ, १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त समूहबिच झै(झगडा हुनुको मुख्य कारण लागुऔषध कारोबार रहेको खुलेको छ। उक्त घटनाका सम्बन्धमा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिएका छन्। 

     

    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १३:३७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij