Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

नेकपा जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँड, क-कसले पाए नेतृत्व ?

नेकपा जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँड, क-कसले पाए नेतृत्व ?


  • 617
    Shares

    नेकपा जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँड, क-कसले पाए नेतृत्व ?

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय सङ्गठनको जिम्मेवारी टुङ्ग्याएको छ । भर्खर सम्पन्न नेकपाको संयोजन समितिको बैठकले ३२ वटा जनवर्गीय समितिको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी टुङ्ग्याएको हो ।

    पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन अनुसार अखिल नेपाल किसान महासंघको इन्चार्ज बलदेव चौधरी, सहइन्चार्ज कुमार पौडेल, अखिल नेपाल महिला सङ्गठनको इन्चार्ज जयन्ती राई, सहइन्चार्ज कमला रोका, सहिद बेपत्ता तथा घाइते योद्धा सङ्गठनको इन्चार्ज हितराज पाण्डे, सहइन्चार्ज कृष्णप्रसाद सापकोटा, बालकृष्ण गैरे रहेका छन् ।

    ट्रेड युनियन महासंघको इन्चार्ज रामदीप आचार्य, सहइन्चार्ज विष्णु लम्साल, दलित सङ्गठनको इन्चार्ज गणेश विक, सहइन्चार्ज दलजित श्रीपाली, नेपाल रिटर्नी एशोसिएसनको इन्चार्ज देवेन्द्र पराजुली, सहइन्चार्ज भवानी खड्का, पर्यटन फाँटको इन्चार्ज पुष्पविक्रम मल्ल, सहइन्चार्ज अन्जन थापा, पेशागत महासंघको इन्चार्ज कृष्णध्वज खड्का, सहइन्चार्ज प्रमेल कुमार खनाल रहेका छन् ।

    आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आलेमगर, सहइन्चार्ज पासाङ शेर्पा, इन्जिनियरर्स एशोसिएसनको इन्चार्ज लेखनाथ न्यौपाने, सहइन्चार्ज कपिल आचार्य, उद्योग तथा व्यवसायी महासंघको इन्चार्ज विरोध खतिवडा, सहइन्चार्ज कृष्ण आचार्य, कानुन व्यवसायी सङ्गठनको इन्चार्ज पूर्णबहादुर घर्ती, सहइन्चार्ज रामकुमार ज्ञवाली, खेलकुद महासंघको इन्चार्ज केशव विष्ट, सहइन्चार्ज शिव कोइराला, जनसाँस्कृतिक महासंघको इन्चार्ज चेतबहादुर पुन, सहइन्चार्ज इधरचन्द्र ज्ञवाली र उदय श्रेष्ठ रहेका छन् ।

    युवा सङ्गठनको इन्चार्ज लक्ष्मण केसी, सहइन्चार्ज सुमन देवकोटा र ज्ञानबहादुर गुरुङ, वैदेशीक रोजगार व्यवसायी सङ्गठनको इन्चार्ज नागेन्द्र चौधरी, सहइन्चार्ज समिता कार्की, विद्यार्थी सङ्गठनको इन्चार्ज रत्न ढकाल, सहइन्चार्ज सुदेश पराजुली, शिक्षक सङ्गठनको इन्चार्ज माधव सापकोटा, सहइन्चार्ज केदार सञ्जेल, प्रेस सङ्गठनको इन्चार्ज प्रकाश ज्वाला, सहइन्चार्ज विष्णु सापकोटा र शम्भु श्रेष्ठ रहेका छन् ।

    पूर्व सुरक्षाकर्मी सङ्गठनको इन्चार्ज सन्तु दराई, प्राध्यापक फाँटको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज प्राडा इन्दु आचार्य, मधेसी सङ्गठनको इन्चार्ज जोगकुमार बरबरिया, सहइन्चार्ज रामचन्द्र साह तेली, मुस्लिम सङ्गठनको इन्चार्ज महेश्वर गहतराज, सहइन्चार्ज हकिकुल्ला खाँ र ताज मोहम्मद मियाँ रहेका छन् ।

    निर्माण व्यवसायी सङ्गठनको इन्चार्ज कमला रोका, उपभोक्ता हित सम्बद्ध सङ्गठनको इन्चार्ज बिपी खनाल, मानव अधिकार सङ्गठनको इन्चार्ज लेखनाथ दाहाल, विपद् सम्बन्धी सङ्गठनको इन्चार्ज डा। लक्ष्मी ओली, सहिद प्रतिष्ठानको इन्चार्ज धर्मशीला चापागाईं, सहइन्चार्ज रामबहादुर भण्डारी र आइटी फोरमको इन्चार्जमा केशव नेपाल रहेका छन् । 

    सहकारी सङ्गठनको इन्चार्ज लिलामणि पौडेल, सहइन्जार्ज शरद रसाइली र उदया शर्मा, स्वास्थ्यकर्मी सङ्गठनको इन्चार्ज अन्जना विशंखे, सहइन्चार्ज भक्तिमान सुब्बा, सुकुमबासी महासंघको इन्चार्ज नहेन्द्र खड्का, सहइन्चार्ज केशव दाहाल रहेका छन् । 

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १२:१३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij