Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते

धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते


  • 764
    Shares

    धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
    images

    काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका-०९, फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो।

    काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

    बसमा कुल ३३ जना यात्रु सवार थिए। दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको अहिले धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।   

     

    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १२:१९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij