Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

नागेश्वर मन्दिरमा चोरी

नागेश्वर मन्दिरमा चोरी


  • 393
    Shares

    नागेश्वर मन्दिरमा चोरी

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ । मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले शनिबार राति मन्दिरको भेटी राखिएको बाकस चोरी भएको जानकारी दिएका छन् । 

    आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटीको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाइएकाले जानकारी प्राप्त भएको उनले बताएका छन् । 

    बाकस महाशिवरात्रि पर्वपछि नखोलिएकाले त्यसमा करिब आठदेखि १० लाख रहेको जनाइएको छ । यहाँ मन्दिर सुरक्षाका लागि राखिएको प्रहरी बिट गत भदौको जेनजी आन्दोलनपछि हटाइएको थियो । समितिले प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आएको थियो ।

    पशुपति क्षेत्रस्थित गौचरणमा रहेको नागेश्वर मन्दिर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारका क्रममा गोठाटारमा स्थानान्तरण गरिएको हो ।

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १०:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij