२०८३ बैशाख २७ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी सभापति रवि लामिछानेले आज बैठक बोलाएका हुन् ।
साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बोलाइएको रास्वपाले जनाएको छ ।
बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका एजेन्डामा छलफल हुने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij