२०८३ बैशाख २६ गते शनिवार
काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइको सरकारको डर र प्रभावमा न्याय सम्भव नहुने बताएकी छन्।
७४औँ कानुन दिवसका अवसरमा शनिबार सर्वोच्च अदालतले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले दुई तिहाइ बहुमतको सरकारको डर र भयबाट मुक्त भई अदम्य साहसकासाथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वानसमेत गरिन्।
आफू कानुन व्यसायी हुँदादेखि जीवनभर विभेद र अन्ययविरुद्ध लड्दै आएको चर्चा गर्दै उनले भनिन्, ‘लडाइँ अझै बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिवद्ध भइ काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा देओस्।’ उनले अहिलेको अवस्थालाई गम्भीर र कहालीलाग्दो भन्दै यस्तो अवस्थामा संविधानवाद, विधिको शासन, नागरिक हक, अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि सबैलाई एकजुट हुन आह्वानसमेत गरिन्।
‘म आफ्नो जीवनभर विभेद र अन्ययविरुद्ध लडाईँ लडेँ, कानुन व्यवसायी हुँदादेखि नै। लडाइँ अझै बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिवद्ध भइ काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा देओस्,’ कामु प्रधानन्यायाधीश मल्लले भनिन्, ‘यस गम्भीर र कहालीलाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एशोसियसन, आम सञ्चार, नागरिक समाज लगायत सबै सरोकारवाला संस्था एवं व्यक्तिहरुलाई हार्दिक अपिल गर्दछु।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij