Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु


  • 8.2K
    Shares

    • images
    श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
    images

    सिरहा । सिरहामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

    गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोल बजारले जनाएको छ ।

    झगडापछि सुतेकी उनी विहान मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गोल बजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए ।

    दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ । 

    उनको श्रीमानलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । शब पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ । मृतक सरिताका २ छोरी छन् । 

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १०:०६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij