Logo

२०८३ बैशाख २६ गते शनिवार

२०८३ बैशाख २६ गते शनिवार

आजको राशिफल । २०८३ बैशाख २६ गते शनिबार

आजको राशिफल । २०८३ बैशाख २६ गते शनिबार


  • 547
    Shares

    आजको राशिफल । २०८३ बैशाख २६ गते शनिबार

    आजको राशिफल । २०८३ बैशाख २६ गते शनिबार, जेठ कृष्ण सप्तमी,कानून दिवस\गोरखकाली पूजा, May 09, 2026, शक संवत् १९४७, नेपाल संवत् ११४६

    मेष : दिन धेरै राम्रो छ। प्रियजनसँगको भेटले मनमा उत्साह थपिनेछ । नयाँ योजना बन्नेछ । आम्दानीका स्रोत भेटिनेछन् । स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

    वृष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक र बौद्धिक मानिसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : आज बोलीको प्रभावले कामहरु बन्नेछन्। व्यापारमा गरेको लगानीबाट सफलता मिल्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नति हुनेछ। कतैबाट कामको लागि राम्रो अवसर प्राप्त हुनेछ ।

    कर्कट : दिन राम्रो छ। श्रमको नतिजा प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

    सिंह : दिन राम्रो छ। तपाईंले आज सुरु गरेको काम बन्नेछ। आफन्त र अग्रजको सहयोग लिनु राम्रो हुन्छ। आज शिक्षामा सफलता प्राप्त हुनेछ । व्यापारमा फाइदा हुने योग छ।

    कन्या : आज तपाईंका लागि संघर्षपूर्ण दिन छ। जोगिएर काम गर्नुपर्ने दिन छ । लगानी डुब्ने खतरा छ। व्यापारमा घाटा हुनेछ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। यात्रामा सचेत बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

    तुला : आज तपाईंको दैनिकी राम्रो छ। आज राम्रो कामको सुरुवात गर्नु फलदायी हुनेछ । व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ।

    वृश्चिक : धन लाभ हुने दिन छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। बौद्धिक ज्ञान प्राप्त हुनेछ ।

    धनु : दिन सामान्य छ। टोल, छिमेक वा परिवारभित्र झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुरमा भने सुधार हुनेछ।

    मकर : दिन सामान्य छ। खर्च बढ्नेछ। ठुलो काममा भुलेर पनि सुरुवात नगर्नु उचित हुन्छ। विवाद बढ्ने भएकाले थोरै बोल्नुपर्ने दिन छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    कुम्भ : दिन राम्रो छ। बोल्दा भने सचेत बन्नुपर्नेछ। महत्त्वपूर्ण निर्णय लिनु अघि सोच्नु आवश्यक हुन्छ। घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ।

    मीन : आज बौद्धिकता बढ्नेछ । आम्दानीका स्रोत पहिचान हुनेछ । अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। तर संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

    images
    प्रकाशित मिति :बैशाख २६ २०८३ शनिवार - ०५:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij