Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

घुस लिएको आरोपमा सई राउतविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा सई राउतविरुद्ध मुद्दा दायर


  • 1.1K
    Shares

    घुस लिएको आरोपमा सई राउतविरुद्ध मुद्दा दायर
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत घुस लिएको अभियोगमा प्रहरी वृत्त मालीगाँउ काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतविरुद्ध मुद्दा दायर गरेको छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताको मुद्दा मिलाइदिने भन्दै प्रहरी नायब निरीक्षक राउतले सेवाग्राहीसँग २० हजार घुस लिएको पाइएको छ। 

    आयोग टोलीले घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो। आरोपी राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, कैद सजाय र जरिवानाको माग गर्दै आयोगले मुद्दा दायर गरेको छ। 

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १८:२०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij