Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

विराटनगरमा बेकरीको केक खाँदा तीन बालिका अस्पताल भर्ना

विराटनगरमा बेकरीको केक खाँदा तीन बालिका अस्पताल भर्ना


  • 239
    Shares

    विराटनगरमा बेकरीको केक खाँदा तीन बालिका अस्पताल भर्ना

    काठमाडौं । विराटनगर-११ का तीन जना बालिकाहरू केक खाएपछि बिरामी भई अस्पताल भर्ना भएका छन्। किरण क्लासिक बेकरीबाट खरिद गरिएको केक खाँदा उनीहरू बिरामी परेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको हो। 

    बिरामी हुनेहरूमा विराटनगर–११ बस्ने ११ वर्षीया श्रीष ठाकुर, ८ वर्षीया आँचल महतो र १४ वर्षीया पल्लभी ठाकुर रहेका छन्। ​उनीहरूले हिजो साँझ बेकरीबाट केक किनेर खाएको र त्यसलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी लिला लामिछानेले जानकारी दिएका छन्। 

    सुरुमा अवस्था गम्भीर देखिए पनि हाल उनीहरूको स्वास्थ्यमा सुधार आएको र तीनै जना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै केकको गुणस्तर र घटनाको थप कारणबारे आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १७:११:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij