Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

आज मन्त्रिपरिषद बैठक बस्दै : बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

आज मन्त्रिपरिषद बैठक बस्दै : बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने


  • 9.2K
    Shares

    आज मन्त्रिपरिषद बैठक बस्दै : बजेट अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    मन्त्री ज्ञवालीका अनुसार बजेटका सबै दस्ताबेजलाई शुक्रबार अबेर राति अन्तिम रूप दिएर शनिबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठकमा पेस गरिँदै छ । 

    मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

    जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको ज्ञवालीको भनाइ छ । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब दिरहेका छन् । 

    सरकारले दबाबका बीच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - ०९:४३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij