२०८३ बैशाख २६ गते शनिवार
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ । जेनजी आन्दोलनमा हराएको एसएलआरको २३१ राउन्ड र ३०३ को २४ राउन्ड गोली फेला परेको हो ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा गोली फेला परेको छ ।
अहिले उक्त गोली एलाका प्रहरी कार्यालय बनेपामा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij