२०८३ बैशाख २५ गते शुक्रवार
काठमाडौं । संघीय संसद सचिवालयका ट्रेड युनियनहरु खारेज भएका छन् ।
संघीय संसद सचिवालयका शाखा अधिकृत विमल परियारले एक सूचना जारी गर्दै संघीय संसद सचिवालयका ट्रेड युनियन अस्तित्वमा नरहेको जानकारी गराएका हुन् ।
केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३ को ७ नम्बरले संघीय संसद सचिवालयसम्बन्धी ऐन २०६४ को दफा ७३ मा रहेको व्यवस्था संशोधन गरेपछि संघीय संसद सचिवालयको कर्मचारी युनियनसम्बन्धी उक्त व्यवस्था ऐनमा नरहेको स्पष्ट पारिएको छ ।
सचिवालयको बैसाख २४ को निर्णय वमोजिम सबैलाई जानकारी गराइएको विज्ञप्तीमा बताइएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij