२०८३ बैशाख २५ गते शुक्रवार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २७.४९ अंकले बढेर २,७४९ को विन्दुमा कायम भएको छ ।
आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३५ कम्पनीको ७४ करोड ७८ लाख ५६२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.६७, विकास बैंक ०.९५, फाइनान्स १.८७, होटल तथा पर्यटन १.४८, हाइड्रोपावर १.७१, लगानी १.१०, जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन १.४०, माइक्रोफाइनान्स ०.१६ तथा अन्य १.१३ प्रतिशत बढेको छ ।
त्रिशूली जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । होटल फरेस्ट इनजको ७.९०, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको ६.१२ तथा पियोर इनर्जीको ५.३४ प्रतिशत मूल्य बढेको छ ।
स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.५४ प्रतिशत घटेको छ । त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको २.४७ प्रतिशत मूल्य घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर छन् ।
आज सबेभन्दा धेरै होटल फरेष्ट इनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij