Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

अमृत झाको रिहाइ प्रक्रियामै छ : परराष्ट्र मन्त्रालय

अमृत झाको रिहाइ प्रक्रियामै छ : परराष्ट्र मन्त्रालय


  • 407
    Shares

    अमृत झाको रिहाइ प्रक्रियामै छ : परराष्ट्र मन्त्रालय

    काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको बताएको छ। इरानको वर्तमान अवस्था र कानुनी प्रणालीका कारण प्रक्रियामा केही समय लाग्ने देखिए पनि इरानी परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताएका हुन्। 

    मन्त्रालय पीडितको परिवार र सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिएका छन्। इरानमा रहेका ११ जना नेपालीमध्ये १० जना तेहरानमा सुरक्षित रहेको र उनीहरू दोहास्थित नेपाली नियोगको नियमित सम्पर्कमा रहेको मन्त्रालयले स्पष्ट पारेको छ। 

    मन्त्रालयले पश्चिम एसियाको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्था सुरक्षित रहेको बताएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति शृङ्खला छिट्टै सुचारु हुने विश्वास व्यक्त गरेका छन्। 

    कन्ट्रोल रुममा हालसम्म ३२३ पटक सम्पर्क भएकोमा पछिल्लो ४८ घण्टामा कुनै पनि नयाँ सम्पर्क नभएको जानकारी दिइएको छ, जसले त्यहाँको स्थिति सामान्य बन्दै गएको सङ्केत गर्दछ। यसैगरी, कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा हालसम्म ८७ हजार ५५१ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। 

    प्रवक्ता क्षेत्रीले भनेका छन्, ‘पश्चिम एसियामा रहेका नेपालीहरूको अवस्था सामान्य छ र उहाँहरूको सुरक्षा तथा हितका लागि मन्त्रालय निरन्तर सजग छ।’

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १५:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij