Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

२७ जना नेपाली कम्बोडियाको कारागारमा

२७ जना नेपाली कम्बोडियाको कारागारमा


  • 673
    Shares

    २७ जना नेपाली कम्बोडियाको कारागारमा

    काठमाडौं । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले विवरण सङ्कलनका लागि आह्वान गरेअनुसार हालसम्म कम्बोडियामा रहेका २११ जना नेपालीले अनलाइन फाराम भरेका छन् । यसमा ९ जना महिला रहेका छन् ।

    प्राप्त तथ्याङ्कअनुसार यी नेपालीहरू सन् २०२२ मेदेखि २०२६ मे महिनाको अवधिमा कम्बोडिया पुगेको देखिएको छ । दूतावासले विवरण उपलब्ध गराएकामध्ये ट्राभल डकुमेन्ट आवश्यक पर्ने व्यक्तिहरूको कागजात तयार गरी कम्बोडिया पठाइसकिएको जानकारी दिएको छ ।

    कम्बोडियामा रहेका नेपालीहरूमध्ये २७ जना विभिन्न अभियोगमा पुर्पक्षका लागि त्यहाँका विभिन्न कारागारमा थुनामा रहेका छन् । दूतावासले पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने भन्दै सम्बन्धित पक्षलाई सचेत गराएको छ ।  

    यस्तै पछिल्लो समय २५ जना नेपालीहरू कम्बोडियाबाट नेपाल फर्किने क्रममा रहेको सूचना प्राप्त भएको छ । यात्रालाई सहज बनाउन दूतावासले कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न सुझाव दिएको छ । कनेक्टिङ फ्लाइट नहुँदा ट्रान्जिट मुलुकको भिसा चाहिने र लगेज पुनः चेक–इन गर्नुपर्ने झन्झटले यात्रा कठिन हुन सक्ने दूतावासको भनाइ छ ।

    कम्बोडिया पुगेका नेपालीहरूले त्यहाँ पुग्ने क्रममा विभिन्न व्यक्तिहरूलाई २ देखि ८ लाख रुपैयाँसम्म बुझाएको विवरण दूतावासमा प्राप्त भएको छ। यसरी ठगीमा परेका व्यक्तिहरूलाई नेपाल फर्किनासाथ काठमाडौँको बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्न दूतावासले अनुरोध गरेको छ । 

    683864799_1483174726638791_2650223285526774732_n_cjEGGoURBO.jpg

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १५:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij