२०८३ बैशाख २५ गते शुक्रवार
काठमाडौं । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दी खोला पुल नजिक बा ३ ख ५०४३ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको हो ।
बसमा २९ जना सवार रहेकोमा दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार स्टेरिङ नियन्त्रण बाहिर जाँदा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij