Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सहकारी पीडितलाई सरकारी कोषबाट पैसा दिन लागिएको होइनः सचिव भुजेल

सहकारी पीडितलाई सरकारी कोषबाट पैसा दिन लागिएको होइनः सचिव भुजेल


  • 1.6K
    Shares

    सहकारी पीडितलाई सरकारी कोषबाट पैसा दिन लागिएको होइनः सचिव भुजेल
    images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी पीडितलाई सरकारी कोषबाट पैसा दिन नलागिएको बताएका छन् । 

    सहकारी पत्रकार समाजले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले  सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमार्फत वचत फिर्ताको प्रक्रियालाई तिब्रता दिन खोजेको बताउँदै पीडितहरुलाई सरकारी कोषबाट पैसा दिन नलागिएको बताएका हुन् । उनका अनुसार सरकारले वार्षिक बजेटमार्फत विनियोजन गरेको २५ करोड रुपैयाँ सिधै सहकारी पीडितलाई जाँदैन । यो रकम सिधै बचतकर्तालाई बाँड्न नभई ‘बीउपूँजी’ को रूपमा व्यवस्थापन समितिले परिचालन गर्नेछ । 

    उनले सहकारीको रकम अपचलन गर्नेहरूबाट कडा रूपमा असुलउपर गरेर नै वचतकर्ताको पैसा फिर्ता गरिने बताएका छन् । सहकारी ठगहरुको खोजीकार्य तीव्र पारिएको बताउँदै उनले सरकारी कोषबाट पैसा लगेर वितरण गर्ने भन्दा पनि सहकारीको रकम अपचलन गर्नेबाटै असुल गर्नेगरी सरकार लागेको बताएका छन् ।

    सचिव भुजेलले भने, ‘चालु आर्थिक वर्षको बजेटमा वार्षिक बजेटमै राखेको २५ करोड रुपैयाँ अहिले निकासा दिएको मात्रै हो । अब समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले यसलाई बीउपूँजीको रूपमा परिचालन गर्छ र यसको अर्थसरकारी कोषबाट पैसा लैजाने अनि वितरण गर्ने होइन ।  हामीले असुलीमा नै एकदम कडा गर्ने हो, आखिरमा सहकारीबाट जसले अपचलन गरेका छन्, त्यो रकम असुल गरेर बचत रकम फिर्ता गर्नुपर्ने हुन्छ । त्यतैतिर ध्यान हाम्रो केन्द्रित भएको छ । असुली गर्न विभिन्न चुनौतीहरू छन् तैपनि हामी लागिरहेका छौँ । असुलीमा कडाइ गरेरै उठेको रकम वितरण गर्ने हो ।’  

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १५:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij