Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, प्रक्रिया अघि बढ्यो

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, प्रक्रिया अघि बढ्यो


  • 1.6K
    Shares

    माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, प्रक्रिया अघि बढ्यो
    images

    काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा ९एजीएम० सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१\८२ का वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

    सभाले कम्पनीको जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारण (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। कम्पनीका अनुसार यसले पुँजी संरचना मजबुत बनाउनुका साथै पूँजी बजारमा प्रवेशको बाटो खुल्नेछ।

    उत्पादन क्षमता विस्तार गर्ने र उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजना पनि प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ। यसबाट उत्पादन दक्षता बढ्नुका साथै गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सभाले लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। साथै, व्यवसाय विस्तार र नयाँ उत्पादन प्रवर्द्धनलाई आगामी रणनीतिक प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

    कम्पनीले वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, व्यवस्थापन तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

     

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १५:१७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij