Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

प्रलोपाबाट बाहिरिए बाबुराम भट्टराई

प्रलोपाबाट बाहिरिए बाबुराम भट्टराई


  • 414
    Shares

    प्रलोपाबाट बाहिरिए बाबुराम भट्टराई

    काठमाडौं । डा.बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बाहिरिएका छन् । बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद्को बैठकले स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउने भन्दै डा.भट्टराईले गरेको आग्रहलाई स्वीकार गर्दै शुभकामना समेत दिएको छ । 

     यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षककारुपमा रहेका डा। बाबुराम भट्टराईले कुनै पनि साङ्गठनिक जिम्मेवारीमा नरही आफू स्वतन्त्र रहेर समग्र वैकल्पिक र रूपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको कुरा पार्टीलाई जानकारी गराउनु भएकोले उहाँको उक्त वैयक्तिक छनौटलाई उच्च सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो, बैठकको निर्णयमा भनिएको छ ।

    पार्टीले अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पार्टी सदस्य समेत नरहने गरी सार्वजनिक वक्तव्य दिएको भन्दै उनलाई पनि आगामी व्यक्तिगत तथा राजनीतिक यात्रा सफलताको शुभकामना दिने निर्णय गरेको छ ।   

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १३:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij