Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर


  • 806
    Shares

    प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर
    images

    काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा। प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गरेका हुन् ।

    संवैधानिक परिषद्को निर्णय प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत देखिएकाले रिट दर्ता गर्न लागेको त्रिपाठीले बताए ।

    त्रिपाठीले वारेशमार्फत पेस गरेको रिटमा भनिएको छ, ‘प्रवृत भावना राखी विना कुनै तर्कपूर्ण आधार संवैधानिक परिषदले गरेको मिति २०८३ वैशाख २४ गतेको सिफारिस प्रथम दृष्टिमै संविधानको आधारभूत मर्म विपरीत,बदनीयतपूर्ण एव स्वेच्छाचारी भएकोले संविधानको धारा १३३९२० ९३० बमोजिम उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रथम वरीयतालाई सिफारिस गर्नु भनी परमादेश समेत जारी गरी पाऊँ ।’

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १३:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij