Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरखामा सडक अलपत्र पार्ने दुई निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम

गोरखामा सडक अलपत्र पार्ने दुई निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम


  • 1.5K
    Shares

    गोरखामा सडक अलपत्र पार्ने दुई निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम
    images

    काठमाडौं । गोरखाका दुईवटा सडक आयोजनाको काम अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण कम्पनीहरूलाई ठेक्का तोड्ने चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै काममा चरम लापरबाही गर्ने दुई निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन ‘अल्टिमेटम’ दिएको हो ।

    पूर्वाधार विकास कार्यालयका अनुसार पटक-पटक म्याद थप गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि निर्माण कार्यमा कुनै प्रगति नभएपछि यस्तो कदम चालिएको जनाएको छ ।

    गोरखाको नरेशश्वर-पाणिनी चौतारा-निबेल-ताकुकोट सडकसडक स्तरोन्नतिका लागि एमरएस अमर र ज्ञानेश जेभीले ठेक्का पाएको थियो । आर्थिक वर्ष २०७७\०७८ मा सम्झौता भएको यो सडक लामो समयदेखि काम अलपत्र छ ।

    त्यस्तै माछाखोला लाप्सिबोट-यामगाउँ-गुम्दा सडकको निर्माणको जिम्मा अमर पिआर नाना जेभीले पाएको थियो । २०७६\७७ मा ठेक्का पाएको यस जेभीले पनि निर्धारित समयमा काम नसकी आयोजनालाई अलपत्र पारेको कार्यालयले जनाएको छ ।

    व्यवसायीले अबको सात दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने ठोस प्रतिबद्धतासहित उपस्थित हुनुपर्ने उल्लेख छ । 

    यदि तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा वा काम सुरु नगरेमा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता अन्त्य गरिने कार्यालयले जनाएको छ ।  

     

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १३:२२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij