२०८३ बैशाख २६ गते शनिवार
काठमाडौं । संवैधानिक परिषदद्वारा चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको जिकिर गर्दै रिट पेस गरेका हुन् ।
न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै रिट पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिएका छन् ।
बिहिबार बसेको संबैधानिक परिषदको बैठकले न्यायाधीश शर्मा ३२औं प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij