Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

अब एक दिनमै कम्पनी दर्ता, खारेजी पाँच दिनमा

अब एक दिनमै कम्पनी दर्ता, खारेजी पाँच दिनमा


  • 659
    Shares

    अब एक दिनमै कम्पनी दर्ता, खारेजी पाँच दिनमा

    काठमाडौं । नेपालमा कम्पनी दर्ता र खारेजीको प्रक्रियामा सुधार आएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि समयसीमा तोकेर कार्य सम्पादन गरिरहेको जनाएको छ ।

    अबदेखि कम्पनी दर्ताको काम एक दिनमै सकिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सेवाग्राहीको सहजताका लागि कम्पनी दर्ताको काम एक दिनमै सकिने व्यवस्था मिलाइएको जनाएको हो ।

    कम्पनी रजिष्ट्रारको कार्यालय अनुसार अहिले कम्पनीको नाम दर्ता अनलाइन अनुरोध प्राप्त भएको १ कार्यदिन भित्र, नयाँ कम्पनी दर्ता तोकिएको ढाँचामा निवेदन प्राप्त भएको १ कार्यदिन भित्र हुने व्यवस्था मिलाइएको छ ।

    त्यस्तै, दर्ता पश्चातका कार्यहरू सामान्यतया १ देखि ३ कार्यदिन भित्र सकिने र कम्पनी खारेज गर्नुपरे ५ कार्यदिनभित्र काम सम्पन्न हुने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । 

    यसअघि कम्पनी दर्ता गर्न कम्तीमा पनि ७ दिन लाग्ने गरेको थियो । कम्पनी खारेज गर्न झनै ठूलो झन्झट र निकै लामो समय लाग्ने सेवाग्राहीहरुले गुनासो गर्दै आएका थिए । 

    अहिले भने कम्पनी दर्ता निवेदन प्राप्त भएको एक कार्यदिन र कम्पनी खारेज गर्नुपरेको खण्डमा ५ कार्यदिनभित्र अन्तिम निर्णय भइसक्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।  

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - ११:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij