Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

अन्तत: सुदन र हर्कबीच एकताको सहमति, आज औपचारिक घोषणा हुने

अन्तत: सुदन र हर्कबीच एकताको सहमति, आज औपचारिक घोषणा हुने


  • 351
    Shares

    अन्तत: सुदन र हर्कबीच एकताको सहमति, आज औपचारिक घोषणा हुने

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ । उनीहरुबीच सुदन किरातीलाई पार्टीको वरिष्ठ नेता बनाउने सहमति भएको बुझिएको छ ।

    एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सुदनका सहयोगी हेमन्त किरातीले जानकारी दिए ।

    पूर्व माओवादी नेतासमेत रहेका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका थिए ।

    गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले प्रलोपाको साधारण सदस्यता समेत त्यागेका थिए । त्यसमा उनी पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए ।

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - ०७:१९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij