Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

घरमै झुण्डिएको अवस्थामा मृत भेटिए आमाछोरा

घरमै झुण्डिएको अवस्थामा मृत भेटिए आमाछोरा


  • 547
    Shares

    घरमै झुण्डिएको अवस्थामा मृत भेटिए आमाछोरा

    धनुषा । धनुषाको धनुषाधाम नगरपालिका-७ किसानपुरमा डेढ वर्षीय बालकसहित आमा मृत भेटिएकी छन्। 

    किसानपुरकी २३ वर्षीया बबिता साह झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनका १८ महिने छोरा आरभ साह पूजा कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता गणेशबहादुर बमले बताए। 

    मृतक बबिताका श्रीमान वैदेशिक रोजगारीमा छन्। उनी केही समयअघि घर आएका थिए। उनी २० दिनअघि पुनः विदेश फर्किएको स्थानीय बासिन्दाले बताएका छन्। 

    ईलाका प्रहरी कार्यालय, धनुषाधामबाट प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ। र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता बमले बताए। 

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - २१:२५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij