Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

ज्ञानेन्द्र शाही र इजरायली राजदूतबिच भेटवार्ता

ज्ञानेन्द्र शाही र इजरायली राजदूतबिच भेटवार्ता


  • 568
    Shares

    ज्ञानेन्द्र शाही र इजरायली राजदूतबिच भेटवार्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरीबासबिच बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।  

    भेटका क्रममा नेपाल–इजरायल सम्बन्ध, इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, श्रम तथा रोजगारीका अवसर, साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

    भेटमा शाहीले नेपालले पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, सन्तुलित र शान्तिपूर्ण परराष्ट्र नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै नेपाल-इजरायल सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र सहकार्यका आधारमा अझ प्रगाढ बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए ।

    छलफलका क्रममा इजरायलमा कार्यरत नेपालीहरूको सुरक्षा र हित संरक्षणलाई प्राथमिकताका साथ सुनिश्चित गर्नुपर्ने विषय उठाइएको थियो । साथै रोजगारीका लागि प्रक्रिया पूरा गरेर पनि जान नपाएका नेपाली कामदारहरूको अवस्थाबारे चासो व्यक्त गर्दै प्रक्रियालाई छिटो टुङ्ग्याउन आग्रह गरिएको बताइएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १६:१९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij