Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

स्विट्जरल्यान्डबाट जगदीश खरेलले भने: गल्ती गरेको छैन, प्रमाण खोजे हुन्छ’

स्विट्जरल्यान्डबाट जगदीश खरेलले भने: गल्ती गरेको छैन, प्रमाण खोजे हुन्छ’


  • 323
    Shares

    स्विट्जरल्यान्डबाट जगदीश खरेलले भने: गल्ती गरेको छैन, प्रमाण खोजे हुन्छ’

    काठमाडौं । पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध झुटो समाचार फैलाइएको दाबी गरेका छन्। हाल कार्यक्रमको सिलसिलामा स्विट्जरल्यान्डमा रहेका खरेलले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्। 

    सञ्चारमन्त्री हुँदा उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो । उनले आफूले गल्ती नगरेको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।

    सांसद खरेलले भनेका छन्, ‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ’ । 

    उनले आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार भएको भन्दै चरित्र र राजनीतिक भविष्यमाथि प्रहार नगर्न आग्रह गरेका छन् ।

    सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौंको सम्पत्ति बिक्री गरी आपराधिक विश्वासघात गरेको कसुरमा यसका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशी पक्राउ परेपछि यसमा तत्कालीन सञ्चारमन्त्री खरेल पनि जोडिएको आरोप लागिरहेको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १४:५१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij