२०८३ बैशाख २४ गते बिहिवार
काठमाडौं । ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन भएको छ ।
बिहीबार सो कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोल लगायतले प्रदर्शन गरेका हुन् ।
सम्पदा संरक्षण समाज नेपाल र अन्य नागरिक अभियन्ताहरूको नेतृत्वमा भएको यस प्रदर्शनमा सहभागीहरूले सर्वोच्च अदालततर्फ फर्किएर सांकेतिक विरोध जनाएका छन्। प्रदर्शनकारीहरूले कमलपोखरी हाम्रो सम्पदाको अस्तित्व मासेर देशमा शाान्ति र समृद्धि आउदैन, पुन:निर्माण गरौँ, सार्वजनिक जग्गा मिच्न पाइँदैन र ऐतिहासिक सम्पदाको रक्षा गरौँ जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेका छन्।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij