Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

यस्तो बन्यो उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति

यस्तो बन्यो उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति


  • 596
    Shares

    यस्तो बन्यो उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणाम घोषणा गरिएको छ। यही २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदानको अन्तिम मत परिणाम घोषणा गरिएको हो। 

    अन्जन श्रेष्ठ स्वत अध्यक्ष चुनिए पनि अन्य पदाधिकारीका लागि निर्वाचनमा प्रतिस्पर्धा भएको थियो। यसअनुसार जिल्ला, नगर उद्योग वाणिज्य समूहबाट कृष्ण प्रसाद शर्मा (८७) र दिल सुन्दर श्रेष्ठ (८०) उपाध्यक्ष चुनिएका छन्। 

    कार्यकारिणी समिति सदस्य (खुल्ला)तर्फ जिल्ला नगर उद्योग वाणिज्य समूहबाट १५ जना निर्वाचित भएका छन्। यसरी निर्वाचित हुनेमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल छन्। यही समूहबाट कार्यकारिणी समिति सदस्य महिलातर्फ गिता अमात्य र हिरा भट्टराई विजयी भएका छन्। 

    त्यसैगरी जिल्ला नगर उद्योग वाणिज्य समूह कार्यकारिणी समिति सदस्यमा प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना विजयी भएका छन्। जसमा बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, मधेशबाट अमरनाथ शाह र विकास कुमार सारडा, कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा,   गण्डकीबाट पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी विजयी भएका छन्। 

    प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत मात्रै ल्याएका छन्।  यो समूहबाट कार्यकारिणी समिति सदस्यमा १३ जना विजयी भएका छन्। जसमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्। 

    यो समूहबाट कास सदस्य महिलातर्फ सुनिता न्हेम्हाफुकी विजयी भइन्। वस्तुगत महासंघबाट कास सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएको निर्वाचन समितिले जनाएको छ। 

    सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी हुँदा कर्णालीबाट पदम बहादुर शाही र परीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन्। वस्तुगततर्फ श्रेष्ठ उपाध्यक्षमा विजयी  यसैगरी वस्तुगत समूहबाट नरेशलाल श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन्। उनले ६३ मत ल्याए।

    एसोसिएटतर्फ उपाध्यक्षमा पाण्डे विजयी, सदस्यमा माथेमा र मल्ल  त्यसैगरी एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनले १ हजार ७९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी ज्योत्स्ना श्रेष्ठले ७५० मत ल्याइन्। 

     कास सदस्य महिलातर्फ एसोसिएटतर्फ अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् भने कास सदस्य द्विराष्ट्रिय उवासंघबाट मनोज पौडेल विजयी भएको समितिले जनाएको छ। यस्तै संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ कास सदस्यमा निर्वाचित भएका छन्।

    त्यसैगरी एसोसिएटतर्फ कास सदस्यमा १७ जना विजयी भएका छन्। जसमा अम्बिका प्रसाद पौडेल, ईश्वर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्ण लाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा छन्।

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १७:२१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij