२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्मासहित नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार बसेको प्रतिष्ठानको बैठकमा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति शर्मालाई पार्टी सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
सभापति थापाबाट शपथ लिएपछि उपसभापति शर्माले प्रतिष्ठानका बाँकी सदस्यहरूलाई शपथ खुवाएका थिए। पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख शर्माले मंगलबार मात्रै प्रतिष्ठानको सदस्य पदमा ३९ जनालाई नियुक्त गरेका थिए।
उनले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ती सदस्यहरूलाई मनोनयन गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij