Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

नेपाल रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया स्थगित

नेपाल रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया स्थगित


  • 463
    Shares

    नेपाल रेडक्रसको सबै तहको निर्वाचन प्रक्रिया स्थगित

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको आगामी निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सीडीओ कार्यालयको निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले आइतबार परिपत्र जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू यथास्थितिमा राख्ने निर्णय गरेको हो । 

    जसअन्तर्गत पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ गतेसम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते र केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गतेका लागि तय गरिएको थियो ।

    महामन्त्री मीनबहादुर मल्लले हाल सुरू गरिएको निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्म यथास्थितिमा राख्न निर्देशन प्राप्त भएकाले सोही बमोजिम गर्न भनेका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ दिनअघि अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गर्न रेडक्रसलाई निर्देशन दिएको थियो ।

      redcross-nirbachan-isthagit-e1778057430664.jpg

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १५:०९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij