Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पुराना, कुच्चिएको र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी

पुराना, कुच्चिएको र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी


  • 673
    Shares

    पुराना, कुच्चिएको र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी
    images

    काठमाडौं । बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ ।

    विभागले प्रशोधित पिउने पानी बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा नपठाउन प्रशोधित पिउने पानी उत्पादक, दुवानीकर्ता एवं विक्रेतालाई निर्देशन दिएको हो । सूचनाको वर्खिलाप गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०२१ बमोजिम कारवाही हुने विभागले जनाएको छ ।

    गर्मी तथा वर्षायाममा झाडापखाला लगायत विभिन्न रोगका हानीकारक सुक्ष्म जीवहरुको संक्रमण बढ्न जाने र संक्रमित पानीको प्रयोगबाट मानिसमा रोगको संक्रमण हुने सम्भावना भएकाले जारकाे पानी विक्री वितरणमा कडाइ गरेकाे हाे ।

    विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०६१ र नियमावली, २०२७ तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार उत्पादन तथा बिक्री वितरण गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।

    सूचनामा भनिएको छ,‘बजारमा पुरानो, कुच्चयको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण भएको जनगुनासो प्राप्त हुन आएकोले त्यस्ता कार्य नगर्न नगराउनु हुन सबै प्रशोधित पिउने पानी उत्पादक, डुवानीकर्ता एवं विक्रेताहरुलाई यसै सूचनाद्वारा सूचित गरिन्छ यस सूचनाको वर्खिलाप कार्य गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०२१ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ।’

    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १६:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij