Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

सरकारको कार्यशैलीप्रति घनश्याम भुसालको असन्तुष्टिः नागरिकलाई नतर्साउन र विधिको शासन पालना गर्न चेतावनी

सरकारको कार्यशैलीप्रति घनश्याम भुसालको असन्तुष्टिः नागरिकलाई नतर्साउन र विधिको शासन पालना गर्न चेतावनी


  • 288
    Shares

    सरकारको कार्यशैलीप्रति घनश्याम भुसालको असन्तुष्टिः नागरिकलाई नतर्साउन र विधिको शासन पालना गर्न चेतावनी

    काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारलाई जनअपेक्षा र लोकतान्त्रिक मूल्य-मान्यताप्रति गम्भीर हुन सचेत गराएका छन् ।

    माईतीघरमा पत्रकार सम्मेलन गर्दै भुसालले सरकारको सामथ्र्य र बहुमतको कदर गर्न आग्रह गर्दै नागरिकलाई त्रसित बनाउने कार्यशैलीले असरकारलाई नै असफल बनाउने चेतावनी दिएका हुन् । उनले आफ्नो सम्बोधनका क्रममा सरकारका कामकारबाही र नीतिगत त्रुटिहरूलाई सात बुँदामा समेट्दै ध्यानाकर्षण गराएका छन् । 

    सरकारले सुकुम्बासी बस्तीमाथि गरेको व्यवहारप्रति भुसालले आपत्ति जनाएका छन् ।  पञ्चायतकालमा जस्तै गरिब र श्रमजीवीहरूलाई लखेट्ने काम भएको भन्दै उनले नागरिकमा सरकारप्रति त्रास पैदा हुनु राष्ट्रका लागि ‘अपशकुन’ भएको बताएका छन्। उनले सुकुम्बासीहरूको उचित व्यवस्थापन, भत्काइएका संरचनाको क्षतिपूर्ति र बालबालिका तथा वृद्धवृद्धाको उपचारको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । 

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १४:३०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij