Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण


  • 596
    Shares

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागी पिडितका लागि कम्मल वितरण गरेको छ । 

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गते सम्म परेको अविरल वर्षाको कारण कर्णाली प्रदेश ,कालिकोट जिल्लाको शुभ कालिका गा. पा. वडा न. ७ र ८, महावै गा.पा. वडा न. ५ र ६, खाडाचत्र न. पा. वडा न. १ र ५, तिलागुफा न. पा.वडा न. १० र ७ मा क्षति पुगेका घरपरिवार र तिलागुफा न.पा वडा नंं ५ र ६ , खाँडाचक्र न.पा.वडा नंं १० का आगलागी पिडित समेत जम्मा ४३ घर परिवारका लागि राहत स्वरूप कम्मल वितरण गरेको हो ।

    राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाको शाखा प्रमुख विश्वराज बोगटीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी भएका पीडितहरूले आफूहरूप्रति गरिएको सहयोगप्रति खुशी र सन्तुष्टि व्यक्त गरेका छन् । साथै, दुर्गम जिल्लासम्म पुगेर मानवीय सेवामा समर्पित संस्थाले देखाएको प्रतिबद्धताप्रति उनीहरूले कृतज्ञता व्यक्त गरेका छन् ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मार्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ । 

    यस्ता प्रयास मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

    कम्पनीले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । 

    हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १४:१९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij