Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

गगन, पूर्णबहादुर र विश्वप्रकाश बीच भेटवार्ता

गगन, पूर्णबहादुर र विश्वप्रकाश बीच भेटवार्ता


  • 680
    Shares

    गगन,  पूर्णबहादुर र विश्वप्रकाश बीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। बुधबार बिहान खड्का निवास गल्फुटारमा उनीहरूबीच भेटवार्ता भएको हो। कांग्रेस एकतालगायतका विषयमा छलफल भएको जनाइएको छ। 

    सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले वैशाख ६ गते खड्कालाई भेटेका थिए। यस्तै वैशाख १५ मा सभापति थापा र नेता रमेश लेखकबीच भेटवार्ता भएको थियो। 

    गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन्। 

    मंगलबार सभापति थापाले नेता डा। शेखर कोइरालासँग भेटवार्ता गरेका थिए। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनीहरूबीच पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल भएको थियो।

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १३:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij