२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।
वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको भेलाले वडामा कुनैपनि सामाजिक वा निजी कार्यक्रम (विवाह,भोजलगायतका उत्सव) मा भोजपुरी गीत बजाउन नपाइने निर्णय गरेको हो ।
भोजपुरी गीत बजाएको पाइएमा कारबाही तथा नगद जरिवानासमेत गर्ने निर्णय गरिएको वडाध्यक्ष यादवले जानकारी दिएका छन् । वडाध्यक्ष यादवका अनुसार, भेलाले वडामा सञ्चालनमा रहेका मदीरा पसलहरु बेलुकी ८ बजेनै बन्द गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी राति १० बजेपछि आफ्नो घर बाहेक गाउँमा अनावश्यक रुपमा डुल्न नपाइने, मदिरा सेवन गरी चोकचोकमा होहल्ला गर्न नपाइने निर्णय पनि गरिएको वडाध्यक्ष यादवले बताएका छन्।
भेलामा वडाका जन्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, गाउँका अगुवा, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, युवा अगुवालगायतको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij