Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

वीरगन्जबाट हराएका दुई बालिका भारतको रेलवे स्टेशनमा भेटिए

वीरगन्जबाट हराएका दुई बालिका भारतको रेलवे स्टेशनमा भेटिए


  • 813
    Shares

    वीरगन्जबाट हराएका दुई बालिका भारतको रेलवे स्टेशनमा भेटिए

    काठमाडौं । वीरगन्ज महानगरपालिका -१० घडिअर्वाबाट हराएका दुई बालिकालाई भारत बिहारको छपराबाट सकुशल उद्धार गरी नेपाल ल्याइएको छ । 

    घडिअर्वाबाट हराएका दुई बालिकाहरु १४ वर्षीया आर्या गुप्ता र १४ वर्षीया रिद्धि सिद्धी गत सोमबार अपरान्ह साढे ३ बजेतिर ट्युसन पढ्न भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि ती दुवै बालिका घरपरिवारको सम्पर्कमा नआएपछि प्रहरीमा खबर गरिएको थियो । 

    खाजतलासका क्रममा ती दुवै बालिकालाई मंगलबार भारत बिहारको छपरा रेलवे स्टेशनमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरि वीरगन्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् । भारतबाट उद्धार गरि ल्याइएका ती दुवै बालिकालाई जिल्ला प्रहरी कार्यालयले बुधबार अभिभावकको जिम्मा लगाएर घर पठाइएको कार्कीले बताएका छन् ।  

     

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १३:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij