२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो ।
बैठक विहीबार साँझ ५ बजेका लागि बोलाइएको स्रोतले बताएको छ । सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।
हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।
संवैधानिक पदहरुमा नियुक्तिका लागि सरकारले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij