२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । गैंडाको खागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्ठसहित तीन जना रहेको प्रहरीले बताएको छ । दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग उनीहरुबाट बरामद भएको प्रहरीले बताएको छ ।
मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा खाग फेला परेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij